प्राइम खबर संबाददाता | बैशाख १८, २०८० सोमबार

१३ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रौतहटकी कञ्चन खड्काले कास्य पदक जितेकी छिन् । तेक्वान्दो तर्फको ४६ केजीको समूहमा भाग लिएकी खड्काले तेस्रो स्थान ल्याउँदै कास्य जित्न सफल भएकी हुन् ।

खड्का तेक्वान्दो तर्फ पदक जित्ने मधेस प्रदेशकै एकमात्र खेलाडी भएको प्रशिक्षक केशव खड्काले बताए । उनले तयारीको कमीले गर्दा यसपटक कास्यमा चित्त बुझाउनु परेको बताउँदै यसलाई पनि ठुलो सफलताको रुपमा आफुले लिएको जनाए । चन्द्रनिगाहपुर तेक्वान्दो डोजाङ्गमा प्रशिक्षण लिदैं आइरहेकी खेलाडी खड्काले आफुले जित्दा निकै खुसी लागेको अनुभव सुनाउँदै आगामि दिनहरुमा स्वर्ण पदकको लागि तयारी गर्ने बताइन् ।



चन्द्रपुर ६ निवासी खड्काले आफुले तेक्वान्दोको माध्यमबाट जिल्ला, नगर , प्रदेश र देशलाई विश्वभर चिनाउने लक्ष्य लिएको र त्यसको लागि कडा मेहनत र प्रशिक्षण गरिरहेको समेत बताइन्।  उनले विगतमा समेत विभिन्न स्थानमा भएका खेलहरूमा सफलता प्राप्त गर्दै आईरहेकी छिन्।