प्राइम खबर संबाददाता | भदौ १५, २०८० शुक्रबार

बझाङ – विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खादा उनीहरूकी आमा समेत बिरामी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षका सुदीप कठायत र उनकी सात वर्षकी बहिनी एञ्जिलाको ज्यान गएको हो । आमा पुनीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एञ्जिलाको  बिहीवार बिहान र सुदीपको गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक  जागेश्वर भण्डारीले बताए ।