न्यूज डेस्क | जेठ १२, २०८३ मंगलबार

सिन्धुलीको कमलामाई नगरपालिका–९ निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व वडा सभापति सरोजप्रसाद फुयाललाई प्रहरीले डाँका चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ ।


प्रहरीका अनुसार फुयालले बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुँदै भिमान नाका भएर पशुपन्छी बोकेर आवतजावत गर्ने सवारीसाधन रोकी अवैध रूपमा रकम असुल्ने गरेका थिए ।



फुयालले पशुहरूलाई क्रूर तरिकाले ढुवानी गरिएको भन्दै गाडी रोकेर प्रहरीको जिम्मा लगाएको भन्दै भिडियो पठाउने गर्थे। तर विस्तारै गाडी रोक्दै रकम असुल्ने उनको पेशा बनेको देखिन्छ । उनलाई राति २ बजे पैसा असुल्न बस्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।



ट्रक चालक रहेका फुयाल आफू आगामी निर्वाचनमा रास्वपाबाट वडा अध्यक्षको उम्मेदवार बन्ने बताउने गरेका थिए ।