प्राइम खबर संबाददाता | भदौ ३०, २०८० शनिबार

मधेश प्रदेशको धनुषास्थित नेपाली काँग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्याथी संघमा शाब्दिक मारामार भएको छ । 
काँग्रेसको भातृ सँगठन समेत रहेको नेपाल विद्यार्थी सँघ (नेविसंघ) को क्षेत्रिय समितिले शुक्रबार विभिन्न पदको जिम्मेवारी विभिन्न व्यक्तिहरुलाई दिएपछि सभापतिले सोलाई खारेज गरिदिएका छन् । भदौ २९ गते शुक्रबार नेपाल विद्यार्थी संघ क्षेत्र नं २ का संयोजक जयनाथ यादवले विभिन्न विद्यार्थीहरुलाई विभिन्न पदको जिम्मेवारी तोकेको सूचना प्रकाशित गरेपछि संघका सभापतिले शनिबार नै खारेज गरेपछि काँग्रेसी विद्यार्थीहरुबीच नैतिक द्धन्द्ध चर्केको छ । नेविसंघका धनुषा सभापति सुजित कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको विधान विपरित क्षेत्रीय सँयोजक जयनाथ यादवले जिम्मेवारी बाँडफाँड गरेको भन्दै सो निर्णयलाई नै खारेज गरिदिएपछि समाजिक सँजालमा पनि नैतिक र शाब्दिक द्धन्द्ध चर्केको छ । क्षेत्रीय संयोजकले आफ्नो क्षेत्राधिकार भन्दै सँयोजकसहित अन्य सदस्यहरुको जिम्मेवारी तोकेको भोलीपल्ट नै जिल्ला सभापतिले सो लाई खारेज गरिदिएपछि शाब्दिक मारामार भएको हो ।