प्राइम खबर संबाददाता | असोज २१, २०८० आइतबार

हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् ।


उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए । शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।