प्राइम खबर संबाददाता | असोज २३, २०८० मंगलबार

रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा अवस्थित बसन्त पंचमी आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ मंगलबार एक कार्यक्रम गरी स्कुल ड्रेस हस्तान्तण गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेका हुन ।
स्कुल ड्रेस हस्तान्तरण गदै सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले चन्द्रपुर नगरपालिकामा शिक्षा क्षेत्रको बिकाशको लागी योजनाबद्ध रुपमा काम भइरहेको बताएका छन ।
स्वयम सेवक शिक्षक भर्ना देखी लिएर बिद्यालयका भौतिक संरचनाका कामहरु योजनाबद्ध रुपमा भइरहेको नगर प्रमुख काफलेको भनाइ रहेको थियो ।
शिक्षा क्षेत्रको गुणस्तर उकास्नको लागी चन्द्रपुर नगरपालिका सदैब तयार रहेको पनि नगर प्रमुख काफलेले बताए । शिक्षा क्षेत्रलाइ ब्यबस्थीत बनाउनको लागी एउटा टिम सक्रिय भएर लागी रहेको पनि उनको भनाइ रहेको थियो ।
सो स्कुल ड्रेस हस्तान्तरण कार्यक्रमका चन्द्रपुर नगरपालिका वाड नं. ४ का अध्यक्ष रबि राना मगरले शिक्षा क्षेत्रको बिकाशको लागी वार्ड स्तरबाट पनि काम भइरहेको बताए । बिद्यालयको भौतिक पुर्वाधारको बिकाश तथा शिक्षाको गुणस्तरको लागी शिक्षकहरुको अभाबको पुर्ति जस्ता काम भइरहेको वाड अध्यक्ष रानाले बताएका छन ।
आज उक्त बसन्त पंचमी आधारभुत बिद्यालयका २ सय ६० जना बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेको सोही बिद्यालयका प्रधानाध्यापक राम प्रमेश पटेलले जानकारी दिएका छन । नगरपालिकाको सहयोग प्रति उनले आभार ब्यक्त समेत गरेका छन । सो बिद्यालयमा प्राय दलित,बिपन्न तथा गरिब बिद्यार्थी अध्ययन गदै आएका छन ।