प्राइम खबर संबाददाता | पुस १७, २०८० मंगलबार

रौतहटको चन्द्रपुर–५ मा गएराती भएको दुर्घटनामा २ भारतीयको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा अटोमा सवार सवार दुई भारतीय नागरिकको मृत्यु भएको हो । बागमतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । 


दुर्घटनामा परि मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र २२ वर्षिय अवधेश झा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।



मृतक दुवैजना अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । उनीहरुको शव वीरगन्ज स्थित नारायणी अस्पतालमा राखिएको छ । 
त्यस्तै दुर्घटनामाा परी चार जना घाईते भएका छन्  । उनीहरुको चन्द्रनिगाहपुरको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ।