एजेन्सी | बैशाख ५, २०७८ आइतबार

भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका छन् ।

 विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १८५ कोरोना संक्रमितको मृत्यु भएको छ । 
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७४ हजार ३०८ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार ९१७ पुगेको तथ्यांक छ ।