न्यूज डेस्क | बैशाख २२, २०८१ शनिबार

हेटौंडा १० बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ ।


जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं। ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले कुँवर माथी खुकुरी प्रहार गरेका हुन् ।



प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।



घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।