न्यूज डेस्क | बैशाख २३, २०८१ आइतबार

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा।३ ख। २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।