न्यूज डेस्क | जेठ ७, २०८१ सोमबार

जनकपुरबाट जलेश्वर जाँदै गरेको बस दुर्घटनामा परेको छ । यात्रुबाहक उक्त बसको स्टेरिङ फेल भएपछि जनकपुरबाट जलेश्वर जाँदै गरेको बस महोत्तरीमा दुर्घटना भएको हो ।
ना।३ ख २८७८ नम्बरको सुपर सफारी डिलक्स बसको स्टेरिङ फेल भएर जलेश्वर नगरपालिका २ स्थित सिनेमाहल चौकको डिभाइडरमा ठोक्किएको हो ।
स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई रोड डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कुनै प्रकारका मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले बताएका छन्  ।