प्राइम खबर संबाददाता | बैशाख २३, २०७८ बिहिबार

चोरी भएको मोटरसाइल प्रहरीले नियन्त्रणमा लिइ सवारी धनिलाई जिम्मा लगाइएको छ ।

रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर ४ सरुअठाबाट गत बैशाख १७ गते रातको समयमा हराएको मोटरसाइकल मंगलबार बृन्दावन—१ विश्रामपुरमा बेवारिसे अबस्थामा फेला पारि बुधबार उक्त सवारी धनीलाई हस्तान्तरण गरिएको हो । रौतहटको गौर नगरपालिकाको वडा नम्बर २ का ४४ बर्षिय शिवराज मुखियाको आफन्तको नाममा दर्ता रहेको भारतीय नम्बर प्लेट विआर ५ एसि १९९३ नम्बरको हिरो कम्पनिको ग्लामर मोटरसाइकल यमुनामाईको सरुअठाबाट राती चोरी भएको थियो ।



मोटरसाइकल हराएपछि खोज तलासको लागी तालुक जिल्ला प्रहरी कार्यालय रौतहट गौरको खोज तलास परिपत्र अनुसार तदारुकताका साथ खोज तलास गर्दै जादा मंगलबार वृन्दावनको बिश्रामपुरमा बेवारिसे अबस्थामा फेला परेको हो । बुधबार सो मोटरसाइकल धनी शिवराज मुखियालाई  जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिएका छन् । रावल प्रमुख भएर गरुडा आएसँगै सो ईलाकाबाट चोरी भएका मोटरसाईकलहरु धमाधम पत्ता लगाई सम्बन्धित सवारी धनीहरुलाई प्रहरीले बुझाउदै आएको छ  ।