प्राइम खबर संबाददाता | माघ ३०, २०८१ बुधबार
रौतहट। टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्राण्डका फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।
बुधबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको गणपती अटो सेन्टरले पत्रकार सम्मेलन गर्दै सो अफरको घोषणा बारे जानकारी गराएको थियो । यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि सम्मका लागी समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पंण्डितले बताएका छन् ।
यो विशेष अफर अन्तर्गत नेपाल भरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यस स्किम अन्र्तगत ग्राहकवर्गले रु ३१ हजार सम्मको बचत गर्न सकिने संचालक पंण्डितले पत्रकार सम्मेलन मार्फत बताए ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्ने र उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको सो पत्रकार सम्मेलनमा उनले जानकारी दिएका हुन् । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने उनको भनाइ छ ।
ग्राहकको सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने समेत उनले बताएका हुन् । यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ । टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिईएको छ ।
उक्त स्कीम अफर कार्यक्रमको उदघाटन गर्नु हुदै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले सबारी साधन लाई बिलासितामा लिइएपनि मानब जीबनमा यसको उपयोगिता निकै रहेको बताए । कार्यक्रममा स्थानिय संचारकर्मी तथा मोटरसाइकलका प्राबिधिक,स्पेयर पार्टस पसलका संचालकहरुको समेत उपस्थीती रहेको थियो ।