प्राइम खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार

आज विश्व रेडक्रस दिवस  रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ ।

नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।



नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।  

उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो ।