प्राइम खबर संबाददाता | जेठ १८, २०७८ मंगलबार

मधेशी एशोसिएशन ईन अमेरिका(मा)को दोश्रो साधारण सभा मे-३१ तारीख आईतबार टेक्सासमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट अध्यक्षःसतेन्द्र साहको नेतृत्वमा नयाँ निर्वाचित कार्यसमिति चयन गरिएको छ । अमेरिकामा बस्दैआएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन इन अमेरिका (माँ)ले मातृभूमि लाई विभिन्न पिडा परिरहेको बेला विभिन्न तवरले सहयोग गर्दै आईरहेको संस्थाले अब झनै मज़बूत ढंगले एकतारा साथ एशोसिएशन लाई अगाडी बढाउने प्रतिबध्दता सहित नव निर्वाचित उपाध्यक्ष दिनेश बताए । हालै सम्पन्न साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमितिको पदाधिकारीहरुको नामवली यसप्रकार रहेको बताइएको छ । संस्थाको अध्यक्षःसतेन्द्र साह,वरिष्ठ उपाध्यक्षःसंगित रौनियार,उपाध्यक्षःडा.विनयकांत चौधरी,उपाध्यक्षःदिनेश साह,उपाध्यक्षः सुरेन्द्र चौधरी,उपाध्यक्षःचेतनारायण यादव,उपाध्यक्ष(महिला)ःशोभा मण्डल,सचिवःसञ्जय बर्मा,कोषाध्यक्षः नविन साह,सह कोषाध्यक्षः मोहम्मद रफिद,प्रवक्ताः मनोज सिंह,संचार व्यक्तिः राकेश यादव,महिला संयोजकः अञ्जना मिश्रा ,सदस्यः प्रमोद यादव,सदस्सः प्रकाश मधेशिया,सदस्यःसुरज नायक,सदस्यः प्रमोद गुप्ता,सदस्यः धर्मेन्द्र झा,सदस्यः तारा चौंधरी रहेको नवनिर्वाचित उपाध्यक्ष समाजसेवी दिनेश साहले बताए । त्यसैगरी सो संस्थाले बोर्ड अफ ट्रस्टमा पनि नौ जनालाई चयन गरेको साहले बताए ।