प्राइम खबर संबाददाता | जेठ २१, २०७८ शुक्रबार

रौतहट स्थित  गरुडा नगरपालिकाका एकजना वडा अध्यक्षको  कोरोना संक्रमणबाट निधन भएको छ ।  उक्त  नगरपालिकाका वडा न. २ का वडाध्यक्ष विसुनदेव सहनीको उपचारको क्रममा मृत्यु भएको मृतक वडा अध्यक्षका छोरा मनोज सहनीले बताए । छोरा मनोजको भनाइ अनुसार कोरोनाबाट ग्रसित वडाध्यक्ष सहनी निमोनिया पिडित रहेका थिए । वडा अध्यक्ष सहनी कोरोना संक्रमण भएपछि सिभिल हस्पिटल काठमाडौंमा  भर्ना गरि उपचार गराउदै थिए । उपचाररत ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार राति सहनीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गरुडा नगरपालिकाको वडा न २ गेडही गुठी टोलका वडाध्यक्ष सहनीको  निधनप्रति गरूडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले दुःख व्यक्त गरेका छन् । गरूडा नगरपालिकाकै यसअघि पनि केही हप्ता अगाडी  वडा नम्बर ७ पिपरियाका वडाध्यक्ष राम ईश्वर रायको समेत मृत्यु भइसकेको छ ।