प्राइम खबर संबाददाता | असोज २३, २०८० मंगलबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ८ स्थित रहेको शिव शक्ति आधारभूत विद्यालयका छात्र छात्राहरुलाई ट्रयाक शूट वितरण कार्यक्रम सम्पन्न भएको छ । कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका प्रभावशाली नेता रबिन चन्द्र कोइरालाले सो विद्यालयका विपन्न वर्गका छात्रछात्राहरुलाई ४० सेट ट्रयाक शूट वितरण गरिएको विद्यार्थी नेता गोपाल हुमागाईले बताए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार बछारको अध्यक्षतामा  भएको उक्त कार्यक्रममा बोल्दै विद्यार्थी नेता हुमागाईले कुलचन्द्र कोइरालाको जीवनी बारे प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अथिति कोइरालाले विद्यालयका छात्र छात्राहरुलाई अध्ययनको लागि प्रेरित गर्ने किसिमको उदाहरण प्रस्तुत गर्दै , बालबालिका भविष्यका कर्णधार हुन् तसर्थ शिक्षित समाजले मात्र समृद्धि सम्भव भएको हुँदा शिक्षामा सबैको पहुँच पुग्न जरुरी रहेको बताए।



कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको नेता हुमागाईले बताए।

आउँदै गरेको जाडो मौसममा चिसोले कठ्याङ्ग्रिएर विद्यालय जान बाध्य विपन्न वर्गका छात्र छात्राहरुलाई केही राहत पुग्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको बताइएको छ।