एजेन्सी | साउन ३, २०७८ आइतबार

भारत सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भीके पाउलले सो चेतावानी दिएका हुन् ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट भारतमा कोभिड–१९ को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।