एजेन्सी | साउन ६, २०७८ बुधबार

भारतमा चार महिनायताकै कम संख्यामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३० हजार ९३ जनामा कोरोना सङक्रमण पुष्टि भएको र यो एक सय २५ दिनमा सबैभन्दा कम भएको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख नाघेको छ । चार लाख ६ हजार सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ हजार सङ्क्रमित निको भएका छन् । यो सहित तीन करोड ३ लाख ५३ हजार व्यक्ति कोरोना मुक्त भएका पनि छन् ।



कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म चार लाख १४ हजार भन्दा धेरैले ज्यान गुमाईसकेका छन् ।