प्राइम खबर संबाददाता | कात्तिक १८, २०७८ बिहिबार

एन्फा रौतहट जिल्ला लिग फुटबलको उपाधी चन्द्रनिगाहपुरको गोर्खा स्पोर्टस क्लवले जितेको छ ।

फुटबल संघ रौतहटको आयोजनामा कार्तिक ८ गतेबाट संचालित प्रतियोगिताको फाईनलमा नेपाल खेलकुद क्लव र गोर्खा स्पोर्टस क्लव बिच बुधबार शेर बहादुर दर्लामी स्मृती खेल मैदान चन्द्रनिगाहपुरमा भएको थियो । प्रतियोगिताको पहिलो हाफको ४० औं मिनाटेमा पाएको पेनाल्टी शुटलाई गोलमा परिणत गर्दै गोर्खा स्पोर्टस क्लवका जर्सी नं ७ का खेलाडी बिपिन मगरले पहिलो गोल गरेका थिए ।



प्रतियोगिताको फाईनल खेलमा गोर्खा स्पोर्टस् क्लब को निकै कठिन सामना गरिरहेको नेपाल खेलकुद क्लवलाई दोस्रो हाफको ३६ औ मिनेटमा गोर्खा स्पोर्टस क्लवका जर्सी नं १२ का खेलाडी सम्योल सुनुवारले दोस्रो गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भएका थिए ।

फाईनल जित्न सफल गोर्खा स्पोर्टस क्लवले नगद ३० हजार सहित एन्फा जिल्ला लिग फुटबलको उपाधी उचाल्न सफल भएको थियो । दोस्रो हुने नेपाल खेलकुद क्लवले नगद २० हजार नगद प्राप्त गरेकाे छ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीमा गोर्खा स्पोर्टस क्लबका कृष्ण गोले भएका छन् भने उत्कृष्ठ कोच सोही क्लबका नुरराज काफ्ले घोषित भएका छन् । त्यस्तैगरी उत्कृष्ठ गोलकिपरको उपाधि नेपाल खेलकुद क्लवले जित्न सफल भएको फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका छन् ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी रौतहट क्षेत्रनं ४ का संघीय सांसद देवप्रसाद तिमलसिना एबम् बिशिष्ट अथितीहरु ,प्रदेशसभा सदस्य धनलाल ठोकर ,बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही यादव,फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगाएतले पुरस्कार वितरण गरेको फुटबल संघ रौतहटका अध्यक्ष भगवान बहादुर दर्लामीले जानकारी दिएका छन् ।

प्रतियोगिताको समापन समारोहमा फुटबल संघका पूर्वअध्यक्ष सुमन कार्की ,युवा व्यावसायी फिरोज श्रेष्ठ,अरुण लामा ,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष बाबुराम दाहाल, नेपाली कांग्रेसका युवा नेता गुन्जन यादव  लगायतको उपस्थिती रहेको अध्यक्ष दर्लामीले बताए ।