प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार रौतहट आउने भएका छन् ।
जिल्लाको कटहरिया बजारमा यही मंसिर ४ गते हुने माओबादी केन्द्रको बिशाल आम सभालाई सम्बोधन गर्न प्रचण्ड रौतहट आउन लागेका हुन् । कटहरिया बजारमा हुने बिशाल आम सभामा देशको पछिलो राजनितीक घटना क्रमलाई लियर सम्बोधन गर्ने पार्टी निकट श्रोतले जनाएको छ ।
प्रदेश नम्बर २ मा आफनो पार्टीलाई मजबुत बनाउन र पार्टीलाई एकताबद्ध गर्नको लागि शनिबार प्रचण्ड रौतहट आउन लागिएको माओबादी केन्द्रका युवा नेता नसरुदिन अंसारीले जानकारी दिएका छ।
 कटहरीयामा यसअघि गत कार्तिक २९ गते अध्यक्ष प्रचण्ड रौतहट आउने कायैक्रम तय गरीएको भएता पनि गत कार्तिक २५ गते अचानक प्रचण्ड बिरामी भएपछि अस्पताल भर्ना भएपछि सो कार्यक्रम तत्कालका लागी स्थगित भएको थियो  । आमसभाको कार्यक्रम स्थगित बनेपछि  निराश बनेका रौतहटका माओबादी कार्यकर्ताहरु प्रचण्डको  रौतहट आउने कार्यक्रम तय भएपछि प्रसन्न देखिएका छन् ।