प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई १ सय १९ रनले पराजित गरेको छ ।

कतारको दोहामा रहेको  वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।
कतारका पाँच खेलाडी शून्य रनमा आउट भए । मंगलबार भएको खेलमा इन्दु बर्माले र्कीतिमानी अर्धशतक प्रहार गर्दा नेपालले सिरिजमा १–० को अग्रता बनायो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् ।



आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको हो । पहिलो खेलमा सहज जित निकालेको नेपालले आज दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो ३ः४५ बजे कतारसँग प्रतिस्पर्धा गर्नेछ । 
नेपालकी कप्तान रुविना श्रेत्रीले पहिलो खेलमा १।५ ओभर बलिङ गर्दै ३ विकेट हात पारेकी थिइन् ।