प्राइम खबर संबाददाता | मंसिर १२, २०७८ आइतबार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटको आयोजनामा एक दिवसीय महिला हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर १ मंगलपुर स्थित महिला सामुदायिक भवनको सभाहलमा शनिवार सम्पन्न भएको छ ।

समाजमा बिकृतिको रुपमा रहेको विभेद , लैंगिक हिंसा , महिला हिंसा अन्त्य गर्न सहयोग पुग्ने उदेश्यले चेतना मुलक कार्यक्रम संचालन गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले हिंसा आफ्नै घरवाट अन्त्य गर्नु पर्ने जोड दिइन् । घर परिवार आफन्तवाट बढी हिंसाको घटना हुने भएकोले यसको विरोध घरबाटै हुनु पर्ने उनको भनाइ रहेको थियो।

महिला महिला माथि हिँसा गर्ने गरेको ,पुरुष पनि महिलाको हिंसाको शिकार हुने गरेकोले घरेलु हिंसा , महिला हिंसा लैंगिक हिंसाको उन्मुलन नभए सम्म समतामुलक समाजको कल्पना गर्न नसकिने बताए ।

राजनीतिक ,सामाजिक , सार्वजनिक यातायात , विद्यालय ,कलेज ,घर परिवारमा महिला ,बाल बालिका हिंसाको शिकार हुने गरेको बताउदै यस्ता किसिमका विकृति हटाउन सवै जना गम्भीर भएर प्रतिबद्ध हुनु पर्ने औल्याए ।जिल्ला संयोजक यशोदा रावतले ग्रामिण भेगमा महिला हिंसा बढी रहेको र बाहिर आउन नसकेको अवस्था रहेको बताए । हिंसाको स्वरुप प्रकार र यसबाट हुनुपर्ने असर बारे पनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने महिलाहरु अनभिज्ञ समेत रहेकोले जनचेतना जगाउनु पर्ने बताए ।

कार्यक्रममा सहभागी भएका मध्ये कक्षा ८ मा अध्यन गर्ने बालिका हरुले लैंगिक हिंसा , महिला हिंसा भए सहन गरेर बस्दा ठुलो दुर्घटना निम्त्याउन सकिने भएकोले पीडकलाई कानुनी दयारामा ल्याउन अघि बढ्नु पर्ने जोड दिएका छन् ।

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका रौतहट संयोजक टेक बहादुर चौरेल , पत्रकार राकेश कुमार यादव , मेची महाकाली बुहारी संयुक्त आवाजका सह जिल्ला संयोजक उषा खनाल , अन्जली तामांग ,बिनिता ढुंगेल , माला थापा लगायतकाको उपस्थिति रहेको थियो ।