प्राइम खबर संबाददाता | मंसिर १४, २०७८ मंगलबार

नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
चितवनमा भएको दशौं महाधिवेशनमा अध्यक्ष पदको निर्वाचनमा  उनले खसेको २ हजार ९६ मतमध्ये ओलीले १८४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भीम रावलले २२४ मत प्राप्त गरेका छन् ।  
निर्वाचितहरुको सपथ ग्रहण सौराहामा हुने विष्णु रिजालले बताए ।