न्यूज डेस्क | जेठ १४, २०८३ बिहिबार
रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारका छोरा रबि जैसवाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय अनुसन्धान तथा अभिलेखीकरण बिभागको सदस्यमा मनोनित गरे पछि तिब्र आलोचना भईरहेको छ।
बुबा नेकपा एमालेका निर्वाचित नगर प्रमुख र छोरालाइ रास्वपाको समबेदनशील बिभागका सदस्य भए पछि गरुडा नगरपालिका सहित रौतहटका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू असन्तुस्ट भएका छन्।
नेपोकिड भन्दै पार्टीका अन्य कार्यकर्तालाइ बाईपास गरी पार्टीको महत्वपूर्ण विभागको सदस्यमा मनोनित गरे पछि जैसवालको अहिले सामाजिक संजालमा चर्को बिरोध हुन थालेको हो।
रबि जैसवाललाइ जिम्मेवारीबाट मुक्त गर्न समेत पार्टी नेतृत्व संग माग उठन थालेका छन्। हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाइ जिताउन संघर्ष गरेका कार्यकर्तालाइ बाइपास गरि बाहिरी सेटिङमा ब्यापारीक छबिका रास्वपाका स्थानिय नेताहरुको पावर र पहुचको आधारमा ब्यापारी समेत रहेका व्यक्तिलाइ पार्टीको बिभागको सदस्यमा मनोनित गरे पछि बास्तबिक घन्टीका समर्थकहरू दुखित भएका हुन्।
जैसवाललाइ तुरुन्त बर्खास्त गरिएन भने पार्टी भित्र नै आन्तरिक द्वन्द सृजना हुने खतरा बढेको रास्वपाका स्थानिय नेता तथा पार्टीमा लागेर काम गर्दै आएका समर्थकहरुले बताएका छन्।
बाबु नगरप्रमुख रहेको पालिका गरुडा नगरपालिकाको हाकिमलाई हटाउन नगर प्रमुखले बिभिन्न् आरोप लगाउदै बिभिन्न शक्तिकेन्द्र धाईरहेका थिए । तर, सुशासनको अनुभुति दिलाउने गरी राम्रो काम गर्दै आएका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत निलम न्यौपानेको सरुवा नभएपछि नगरप्रमुख कलवारले रास्वपा भजाएर आफ्नो राजनितिक रोटी सेक्न खोजेको स्पष्ट देखिन्छ ।
उता नेपोटिजमको बिरोध गर्दै आएको रास्वपाले नगरप्रमुखको छोरा जैसवाललाई बिभागिय जिम्मेवारी सुम्पिएर जिल्लामा पठाएपछि तिब्र आलोचना खेप्नु परेको छ। यस सम्बन्धमा रास्वपा रौतहटका जिम्मेवार नेताहरुको मौनतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । सत्ता र शक्ति हत्याउन ठूलै धनराशी खर्च गर्न पछि नहट्ने कलवारले यसपटक रौतहटका रास्वपाका नेताहरुलाई समेत प्रभाबमा पारेको हुनसक्ने भन्दै बिभिन्न अड्कलबाजि सुरु भएका छन् ।