प्राइम खबर संबाददाता | पुस २१, २०७८ बुधबार

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । कांग्रेसले यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेको लागी तय गरेको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिएका छन्  ।



सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्लाहरुमा जिल्ला अधिवेशन हुन बाँकी नै रहेको छ ।