प्राइम खबर संबाददाता | माघ ३, २०७८ सोमबार

आज ( सोमबार) देखि प्रदेश नंबर २ को नाम मधेश प्रदेश भएको छ । प्रदेश सभाको दुई तिहाईले उक्त नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

९९ जना प्रदेश सभा सांसदमध्ये प्रस्तावको पक्षमा ८० जनाले मतदान गरेका थिए । जसमध्ये जसपाका ३९, माओवादीका ८, लोसपाका १६, संघीय समाजवादी पार्टीका १ र अन्य दलका १६ जनाले पक्षमा मतदान गरेका हुन ।



 यसअघि प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने पक्षमा पनि दुई तिहाई मत प्राप्त भएपछि सोमबार नै देखि लागू हुनेगरी स्थायी राजधानी जनकपुर कायम भएको हो । मधेशमा सरकार गठन भएको ४ वर्ष पछि आजबाट गठबन्धनको सिफारिसमा मत विभाजन भई नामाकारण भएको हो ।