प्राइम खबर संबाददाता | माघ ३, २०७८ सोमबार

मधेश प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा मंगलबार सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिएका छन् । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि प्रदेशको नाम टुङ्गो लगाउन नसकेको मधेशले सोमबार प्रदेशको नाम तथा स्थायी राजधानी समेत टुङ्गो लगाएको हो । प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरको नाममा प्रदेशसभा सांसदको दुई तिहाई बहुमतले पारित गरेको हो ।