प्राइम खबर संबाददाता | माघ ९, २०७८ आइतबार

काठमाण्डौ स्थित हात्तीसारमा रहेको फ्रेन्ड्स क्लब अफ इम्पेरियल बेजिनेश कलेजद्वारा रौतहटका महिला फुटबल प्रशिक्षार्थीहरुलाई खेलकुद सामग्री सहयोग गरेको छ ।

आईतबार रौतहटको शेर बहादुर दर्लामी स्मृति खेलमैदानमा भएको खेलकुद सामग्री वितरण कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको हो । नेपालको राष्ट्रिय महिला फुटबलमा रौतहट जिल्लावाट प्रतिनिधित्व गरेका खेलाडीहरूको चौतर्फी प्रशंसा र उनीहरूले महिला फुटबलको इतिहासमा प्राप्त गरेको सफलता बस्तममै प्रशंसायोग्य रहेको हुँदा उनीहरूको हौसला स्वरूप आवश्यक खेलकुद सामग्री सहयोग गरिएको उक्त कलेजका छात्र मदन अधिकारीले बताए ।

रौतहट जिल्ला महिला फुटबल खेलाडीको लागि देशमै ख्याति कमाएको जिल्ला मानिन्छ । यहाँ दैनिक सयौको संख्यामा महिला फुटबल खेलाडीहरू फुटबल प्रशिक्षण गर्दछन । महिला फुटबलको उर्वर भूमि मानिएको रौतहट जिल्लाका महिला फुटबल खेलाडीहरू लाई उक्त कलेजमा अध्यनरत ७ औँ सेमेस्टरका विद्यार्थीहरुले सामूहिक रूपमा जुटाएको आर्थिक सहयोगबाट उपलब्ध भएको र त्यसकालागि नेपाली कांग्रेस मधेश प्रदेश सदस्य सूर्यबहादुर थापाले प्रबन्ध मिलाएको सो कलेजका प्रतिनिधि मदन अधिकारीको भनाइ रहेको छ ।

उनी भन्छन ‘ हाम्रो कलेजका सातौं सेमेस्टरमा रहनुभएका दाजु दिदीहरुको अथक परिश्रम र प्रयासबाट कोरोना कहरको समयमा मास्क, सेनीटाईगर,चटपटे र पानी पुरी बेचेर आम्दानी भएको रकमले यस स्थानका महिला फुटबल प्रशिक्षार्थीहरुलाई सहयोग गर्न पाउँदा गर्व महसुस भएको छ ‘’ ।  “ आगामी दिनमा समेत यस्ता प्रकारका सहयोग निरन्तर गर्दै जानेछौ”

 उक्त बेजिनेस कलेजबाट प्राप्त सहयोग सामाग्रीहरुमा म्याच फुटबल ५ थान,प्र प्रशिक्षण फुटबल १० थान, जर्सी २६ थान,बूट २६ थान, जुराफ़ २६ थान , प्याड २६ थान, स्ले क्स २६ थान,सिट्ठी ६ थान, पञ्जा २ सेट, कोच ड्रेस २ सेट र २ सेट मेडिकल किटबक्स सेट उपलब्ध गराएको फ्रेन्ड्स क्लब अफ इम्पेरियल बेजिनेश  कलेज काठमाडौंका अध्यक्ष सोनाम बिसिले बताए ।

कार्यक्रमममा अखिल नेपाल फुटबल संघ मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी,महासचिव मधुसुदन धिताल, नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य सूर्य बहादुर थापा, क्षेत्रिय प्रदेश सभापती निलहरी कोइराला, नेपाल विद्यार्थी संघ रौतहटका श्यामहरी चौलागाई, फुटबल प्रशिक्षक चित्र दर्लामी, नुरराज काफ्ले,सुबोध गिरी,युवा व्यवसायी मदन तिमल्सीना लगायत महिला फुटबल प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।