प्राइम खबर संबाददाता | चैत २२, २०७८ मंगलबार

स्थानीय तहको निर्वाचनको मिति दिन प्रतिदिन नजिकिँदै गएको छ । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलमा उम्मेदवारी घोषणा गर्ने क्रम बढे सँगै नेपाली कांग्रेसबाट पनि वडा अध्यक्ष पदमा नवराज देवकोटाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

नेता देवकोटाले चन्द्रपुर वडा नंबर ९ बाट वडा अध्यक्षको रूपमा नेपाली कांग्रेस पार्टी समक्ष आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनी नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन् । उनी कहिल्यै लाभको पदमा नबसेका पुराना कांग्रेस नेता मध्येका एक हुन् ।



नेपाल विद्यार्थी संघको सक्रिय विद्यार्थी राजनीतिबाट कांग्रेस पार्टीको राजनीतिमा होमिएका उनी हालै सम्पन्न १४ औँ महाधिवेशनको संघीय प्रतिनिधि हुँदै महासमिति सदस्य समेत हुन् ।

नेता देवकोटाको राजनीतिक यात्रा २०५२ सालमा शंकरदेव क्याम्पसमा स्ववियु सदस्य भई २०५५ मा नेविसंघ इकाई उपसभापति समेत बनेका उनी रौतहट - काठमाडौं सम्पर्क समितिको पूर्व अध्यक्ष समेत हुन् । २०६२/०६३ को जन आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा तत्कालीन राज्य पक्षबाट दमन हुँदा घाइते भई लामो समय अस्पताल समेत भर्ना भई बसेका उनी जनआन्दोलनका घाइते कांग्रेस कार्यकता समेत भएका थिए ।

विद्यार्थी राजनीतिमा निकै सक्रिय भई संगठन विस्तारको क्षेत्रमा विशेष योगदान बनाएका उनले रौतहट जिल्लामा आठ वर्ष सम्म नेविसंघ रौतहटको जिल्ला उपाध्यक्ष भई गतिशील र चलायमान नेविसंघ बनाउन बिशेष भूमिका निभाएका उनी नेपाली कांग्रेसका रौतहट सभापति सुनिल यादव निकट मानिन्छन् । सभापति यादव र देवकोटाको मित्रता विद्यार्थी राजनीतिको क्रममा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको क्रममा सह्योदा भई लड्दा बखतको देखि रहेको नेता देवकोटा बताउँछन् । कांग्रेस महामन्त्री गगन थापाका विश्वास पात्र मानिएका यादव र देवकोटा तत्कालीन नेविसंघका समकक्षी समेत हुन् । हाल जिल्लामा सभापति यादव हुँदै गर्दै देवकोटाले भने वडामा आफूलाई उम्मेदवारको रूपमा अघि सारेका छन् । 

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा वडा सभापतिमा निर्वाचित भएका उनिन नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । विभिन्न संघ संस्था सँग आबद्ध रहेर सामाजिक कार्य गर्दै आएका उनी वडा नंबर ९ मा वडा अध्यक्षको प्रबल दावेदार उम्मेदवारको रुपमा रहेका छन । नेता देवकोटा लाई पार्टीले वडा अध्यक्षको टिकट दिए सहज रुपमा जीत हासिल गर्न सक्ने विश्वास आफ्नो रहेको विद्यार्थी नेता संगम श्रेष्ठले बताए। उनको उम्मेदवारी वर्तमान समयमा आवश्यकता मात्र नभई अपरिहार्यता रहेको श्रेष्ठको भनाइ रहेको छ ।