प्राइम खबर संबाददाता | असार ८, २०७९ बुधबार

नेकपा एमाले रौतहटको चन्द्रपुर नगर कमिटिले आफ्ना नगर क्षेत्रका प्रदेश कमिटि सदस्य र जिल्ला कमिटि सदस्यलाइ कारबाहीको सिफारिस गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टी हित बिपरित काम गर्ने वा पार्टी छाडेर जानेलाइ चन्द्रपुर नगर कमिटिले कारबाहीको सिफारिस गरेको हो । गत सम्पन्न नगर कमिटिको बैठकले चन्द्रपुर नगर क्षेत्रका ४ जना प्रदेश कमिटि सदस्य र ३ जना जिल्ला कमिटि सदस्यलाई कारबाहीको सिफारिस भएको बताईएको छ । कारबाहीको सिफारिसमा मधेश प्रदेश कमिटिका सदस्य तुलसीराज गिरी, कृष्ण प्रसाद तिमलसिना, राजु धामी र शारदा हुमागाइ रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटि अध्यक्ष शिब प्रसाद आचार्यले जानकारी दिएका छन । गिरी यस अघिका नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हुन् । गिरी लगायतले चुनाबमा आफु अनुकुल चन्द्रपुर नगरपालिकामा उमेदवार नभएको भन्दै नेकपा एमाले परित्याग गरेको घोषणा गरेका थिए । यसैगरी ३ जना जिल्ला सदस्यलाइ पनि चन्द्रपुर नगर कमिटिले कारबाहीको सिफारिस गरेको छ । कारबाहीको सिफारिस एमाले जिल्ला सदस्यहरुमा अच्चुत हुमागाई,उत्तर बहादुर थापा र अरुण पासवान रहेको नगर अध्यक्ष आचार्यले बताए । थापा चुनाबमा चन्द्रपुर ३ मा वाड अध्यक्षमा टिकट नपाएको भन्दै नेकपा माओबादीमा प्रवेश गरेका थिए, भने हुमागाइले चन्द्रपुर ८ मा आफ्नै उमेदवार विरुद्ध स्वतन्त्रमा उमेदवारी दिएका थिए । यस्तै नेकपा एमाले पार्टी छाडनेहरुमा चन्द्रपुर नगर कमिटिका सचिब बिनोद चौधरी पनि रहेका छन । उनले पनि आफ्नो उमेदवार विरुद्ध स्वतन्त्रलाई सहयोग गर्दै आएका थिए । पार्टी विरुद्ध लागेका नगर कमिटिका सदस्यहरुलाइ पनि पार्टीको निति अनुसार कारबाही गर्ने आचार्यले बताएका छन ।