प्राइम खबर संबाददाता | साउन २१, २०७९ शनिबार

नेपाली काँग्रेस रौतहटका जिल्ला सभापति समेत रहेका युवा नेताको रुपमा जिल्लामा मात्र नभई मधेश प्रदेशमा समेत चर्चामा रहेका सुनिल यादव ( जितेन्द्र) ले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको निर्बाचनमा उम्मेदवार हुने बताएका छन्  । 
संबिधान सभाको निर्बाचनमा समेत निर्बाचित भएका सभासद यादबले सो क्षेत्रको  बिकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए । उनी  निर्वाचित हुँदा कटहरिया जंगलसहिया सडक, खत्वहीया सडक, कटहरिया झाँझपुल सडक जस्ता दर्जनौ सडक, पुल निर्माण गर्नुका साथै भौतिक पुर्वाधार निर्माण लगाएत थुप्रै विकास निर्माणका कार्यहरु गरी रौतहट क्षेत्र नं ३ लाई विकासको पहिलो थालनी गर्ने युवा नेताको रुपमा परिचित छन् । प्रधानमन्त्रि शेर बहादुर देउवा निकट मानिएका उनी  विकासको सवालमा कायापलट गर्न सक्ने र प्रधानमन्त्रि तथा पार्टी सभापति देउवाको निकट रहेका कारण सो क्षेत्रको बिकास र समृद्धीका लागी उनको बिजय सुनिश्चित गर्न सो क्षेत्रका जनताले आबश्यक महसुुस गरेको फिरोज आलम बताउछन् ।  
२०७४ सालमा भएको निर्वाचनमा प्रभु साहसँग थोरै मतान्तरले पराजित  सभापति यादब यसपालीको निर्वाचनमा क्षेत्र नं ३ बाट आफू गठबन्धनको उम्मेदवार भई लोकतन्त्र बिरोधि,सार्बभौम संसद भंग गराई पदिय स्वार्थमा लिप्तभई जनतालाई बारम्बार धोका दिनेहरुका बिरुद्ध आफ्नो उम्मेदवारी हुने र  सांसद पदमा आफनो जित सुनिश्चत रहेको दावी उनले गरेका छन् । 
सो क्षेत्रका अधिकांशको चाहना पनि सभापति यादव नै रहेकोले यस पटकको निर्वाचनमा उनी निर्बाचित हुने  भएकोले कसैको लहलही अथवा कुनै किसिमको लोभलालचमा नपरी आफुलाई निर्धक्क भएर मतदान गर्न उनले  आग्रह गरेका छन् । 
सो क्षेत्रका निलम्बित सांसद प्रभु साहको परीवारमुखी राजनिती , पदलोलुपता एवं उदण्ड गतिविधिबाट यहाँका जनता आजित भएका कारण यसपालिको निर्वाचनमा आफुलाई खुलेर साथ दिने भएकोले पनि आफ्नो जितलाई कसैले चाहेर पनि रोक्न नसक्ने नेता यादवले बताए । 
हुन त विगतमा उनले गरेको विकास निर्माणको कार्य देखेर पनि प्रभावित भएका क्षेत्र नं ३ बासी यसपालिको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं ३ को सांसद कांग्र्रेसका बलियो उम्मेदवार सुनिल यादव उर्फ जितेन्द्रलाई नै साझा उम्मेदवार बनाउने मनसाय सो क्षेत्रका स्थानियहरुको रहेको बताउछन्  । 
सरकारले निर्वाचनको मिति घोषणा गर्ने वित्तिकै क्षेत्र नं ३ को चोक चिया चौतारामा सभापति यादवकै चर्चा परिचर्चा हुन थालेको देखिएको छ । 
संसद बिघटनको मतियार बनेर एमाले अध्यक्ष ओली सँग बोली मिलाएर आफ्नो सांसद पदसँग मन्त्री पद साटेका निलम्बित सांसद साहको घमण्ड, मनोपोली र गलत क्रियाकलापका कारण यसपालि सभापति यादवको बिकल्प नभएको सो क्षेत्रका स्थानिय बुद्धिजिविहरु समेत बताउँछन ।