प्राइम खबर संबाददाता | असोज १६, २०७९ आइतबार

इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।  आगामी निर्वाचनमा सुनसरी-२ को (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गरेका हुन्।

आइतबार विहान नेता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर प्रवेश गरेका हुन् । 



२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पनि एमालेमै थिए। तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गरेका हुन् ।