प्राइम खबर संबाददाता | साउन २४, २०८० बुधबार

रौतहट स्वतन्त्र किसान समितिले चन्द्रपुर नगरपालिकामा किसानको समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । 


किसानको लागि तत्काल राहत दिलाउने उदेश्यले बुधबार समितिका संयोजक करण देवकोटाको संयोजकत्वमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी समक्ष ज्ञापन पत्र पेश गरिएको समितिले जनाएको छ। 



पछिल्लो समय गाईबस्तुमा देखा परेको लम्की स्किन रोग नियन्त्रण गर्न तर्फ नगरपालिकाको ध्यान नपुगेको भन्दै ज्ञापनपत्र बुझाईएको समितिका सदस्य दामोदर उप्रेतीले बताए । उनका अनुसार चन्द्रपुर नगरपालिकाको पशु शाखाबाट हुनुपर्ने काम सहज रुपले कृषकमुखि हुन नसकेको र काम भन्दा प्रचारमुखी ज्यादा भएको, खोपमा ढिलासुस्ती भएको भन्दै नगरपालिकाको ध्यानकर्षण गराउन किसानको तर्फबाट आफूहरुले पहलकदमी लिएको बताए ।



समितिको पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत तिवारीले युवाहरुले किसानको समस्या प्रति देखाएको जोश जाँगर अत्यन्तै प्रशंसा योग्य भएको र सकारात्मक कुराको लागि आफू सधै साथमा रहेको बताउँदै समितिको ध्यानाकर्षण सम्बन्धमा आफूले भरपूर सहयोग गर्ने बताएका छन् ।

"उपरोक्त सम्बन्धमा नेपाल एक कृषि प्रधान देश हो। नेपालको मुख्य आर्थिक आयोजनको बाटो पनि कृषि नै हो। यस रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा पनि बहुसंख्यक जनसंख्या कृषि तथा पशुपालन व्यवसायमा आधारित छन। केहि समय देखिप शुहरुमा Lummpy Skin नामक महामारीले किसानहरुलाई सारैनै सताएको छ पशुपालन गर्ने किसानको मुख्य आयश्रोत नै गाई भैसीको दुधहो। लम्पी स्किनले गाईभैसीलाई थल्ला पारी जति उपचार गर्दा पनि निको नहुने, निको भएपनि पहिलो जस्तो

स्वस्थ नहुने भएकोले किसानहरुको ठुलो क्षेति भएको छ। यस क्षेतीलाई न्युनीकरण गर्न चन्द्रपुर नगरपालिका भरी लम्पी स्किन डिजिजका कारण गाई वस्तु गुमाएका तथा उपचार गर्दा लागेको खर्च किसानहरुलाई राहत उपलब्ध गराई स्थानिय सरकार भएको अनुभुति कृषकहरुलाई गराउनहुन स्वतन्त्र किसान समुहहरुको माग रहेको छ।

नगरपालिकाले यस मागलाई १५ दिन सम्ममा सम्बोधन नगरे स्वतन्त्र किसान संघर्ष समिति वाध्यभएर आनदोलनमा उत्रिनेछ र यस वाट सिर्जित समस्याको जवाफदेही स्वम् नगरपालिका आफै हुने छ। नगरपालिका भरिका कृषकहरुको हितमा रही आवश्यक जुनसुकै कदम संचानगर्न स्वतन्त्र किसान संघर्ष समिति वाध्य हुनेव्यो होरा जनाउदछौ ।" ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।