प्राइम खबर संबाददाता | कात्तिक २, २०८० बिहिबार

 रौतहटको बृन्दावन नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । मन्त्रालयले बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम काज गर्नका लागि असोज २६ उपसचिव सुरेन्द्र प्रधानलाई जिम्मेवारी तोकेको थियो । प्रधान कार्यालयमा हाजिर नहुन्जेल सम्म भन्दै  मन्त्रालयले फेरि कार्तिक १ गते सो नगरपालिकाका स्वास्थ शाखा प्रमुख रास नारायण पटेललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको पत्र दिएर पठाएको थियो । पटेललाई मेयर बिनोद पटेलले र प्रधानलाई उपमेयर सहितका कार्यपालिका सदस्यले स्वागत गरेका थिए । समाचारस्रोतका अनुसार स्वास्थ्य शाखा प्रमुख पटेलले निमित्त हाकिम बन्नका लागि जनमत पार्टीका नेता मिलाएर मोटो रकम खर्च गरेर दुई महिनाका लागि निमित्त हाकिमको पत्र बुझेका थिए ।