प्राइम खबर संबाददाता | कात्तिक ३, २०८० शुक्रबार

नेपाली कांग्रेस मधेश प्रदेशका प्रभावशाली नेता एवम् मधेश प्रदेश सदस्य रबिन चन्द्र कोइरालाले  दशै तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । 

नेता कोइरालाले दशैंको पूर्वसन्धामा शुक्रबार चन्द्रनिगाहपुरमा एक कार्यक्रमको आयोजना गरि विजया दशमी, शुभदीपवली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।



नेता कोइरालाको सभापति एवं मधेश प्रदेश सभा सदस्य, संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव सुनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि यादवले नेता तथा कार्यकर्ताहरुको दिमागमा विकासको चेतना हुनुपर्ने बताए । जबसम्म नेताको दिमागमा विकासको चेतना हुदैन् तबसम्म देशको विकास नहुने पनि उनले बताए । कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएको हुँदा गुटबन्दी गर्ने छूट कसैमा नभएको बताए । पार्टीलाई बलियो बनाउन सबै कांग्रेस नेता कार्यकर्ताको भूमिका उत्तिकै आवश्यक पर्ने उनको भनाइ रहेको थियो ।

नेपालको परिवर्तन नेपाली कांग्रेसले नै गर्ने भएकाले सहमति, सहकार्य र एकताको आवश्यक रहेको पनि उनले प्रष्ट पारे । पार्टीभित्र केही विमत्ती हुन्छन् र त्यस्ता विमत्तीलाई बाहिर ल्याउने होइन्, पार्टी भीत्रै सहमति खोज्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता एवम् निवर्तमान प्रदेश सभा सदस्य धनलाला ठोकर, महाधिवेशन प्रतिनिधि मिथलेश मिश्र, सुबास कोइराला , सरस्वती गिरी नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न पालिकाको जनप्रतिनिधिहरु, जिल्ला समिति सदस्यहरु लगायत चन्द्रपुर नगरपलिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता लगायतको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बोल्ने बक्ताहरुले एक अर्कामा चिनजान गर्ने सहज पाटो भएको बताएका छन् । बोल्ने बक्ताहरुले एकआपसमा शुभकामनाका शब्दहरु बाड्दै बेलबखत यस्ता कार्यक्रमहरु हुन जरुरी भएको बताएका हुन् ।

कांग्रेस युवा नेता मिथलेश मिश्रको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी नेता गोपाल प्रसाद हुमागाईले गरेका हुन् ।