प्राइम खबर संबाददाता | कात्तिक १७, २०८० शुक्रबार

रौतहट चन्द्रपुर नगरपालिका वडा नंवर ८ अन्तर्गत रहेका वडाका सामुदायिक बिधालयका इसिडी कक्षालाई ब्यवस्थित गर्न वडा अध्यक्ष जितेन्द्र चौधरी भिडेर लागि परेका छन् । शिक्षाप्रेमी वडाअध्यक्ष चौधरीले चन्द्रपुर ८ मा रहेको सम्पुर्ण सामुदायिक बिधालयको इसिडी कक्षाको ब्यवस्थापनको कार्यालय तिब्रता दिएको बताएका छन् । सो वडामा रहेको ६ वटा बिधालयका बिधार्थीलाइ विभिन्न शैक्षिक तथा खेल सामाग्री समेत बितरण गरिएको उनले बताए। उनका अनुसार, विद्यालयका कक्षामा स्मार्ट टिभी, पंखा , यति कार्पेट, भ्याकुम क्लिनर, मिनी साउन्ड सिस्टम ट्रली लगायतका सामाग्री सहित बालबालिकालाई आकर्षित गर्ने  विभिन्न किसिमका खेल सामग्रीको व्यवस्था गर्दै वितरणको कार्य समेत गरिएको वडा अध्यक्ष चौधरी बताउँछन् । उनको बाल शिक्षा प्रतिको लगानी र जागरुकताले उनलाई चर्चाको विषय बनाएको छ। वडा नं ८ सँगै सिंगो चन्द्रपुर नगरपालिकामा समेत उनको कार्यालय लिएर प्रेरणाको विषय बनेको हो।