प्राइम खबर संबाददाता | माघ २५, २०८० बिहिबार

रौतहट जिल्लाको चर्चित महिला अधिकारकर्मी पूजा पाठक तिमल्सिना नेकपा एमाले प्रवेश गरेकी छिन् । 

पाठकलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। गरुडा स्थित चिनीमिलमा आयोजित नेकपा एमालेको दशौं जिल्ला अधिवेशनमा सहभागी हुन ओली रौतहट आएका थिए। 



नेतृ पाठक सँगै सयौको संख्यामा जिल्लाका अन्य समाजसेवीहरू लगायत दर्जनौ पत्रकारहरु समेत अध्यक्ष ओलिको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका छ्न्।

विभिन्न सामाजिक संघ संस्था सँग आबद्ध भई रचनात्मक कार्य गर्दै समाज रूपान्तरणको लागि अहोरात्र काम गर्दै आएकी नेतृ पाठक नेपाली कांग्रेस निकट रहेर काम गर्दै आएकी थिइन्। 

पछिल्लो समय कांग्रेसले विकास र समृद्धिको बाटोमा लाग्न छोडेको एवम् पार्टीमा लगनशील भएर लाग्ने महिला नेतृहरुलाई बेवास्ता गर्दै पुरुष प्रधान सोच प्रदेश, जिल्ला देखि नगरमा समेत हावी भएको भन्दै नेपाली कांग्रेस परित्याग गरेको बताइन । विगतको पार्टीमा कुनैपनि महिला नेतृको भविष्य नरहेको बताउँदै "अबको यात्रा एमाले तिर" भन्दै  नेकपा एमाले प्रवेश गरेको उनले जानकारी दिइन् ।