प्राइम खबर संबाददाता | फागुन १२, २०८० शनिबार

रौतहटमा जग्गाको बिषयमा विवाद हुदाँ एक जनाको मृत्यु भएको छ । झडपमा परेर जिल्लाको दुर्गा भगवती गाउँपालिका २ भलोहिया निवासी ४० वर्षिय जयप्रकाश दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा दासको मृत्यु भएको हो । सो घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । जयप्रकाश दास र सोही गाउँ निवासी ५० बर्षिय चन्देश्वर महतोबीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । गम्भीर घाइते भएका दासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।