न्यूज डेस्क | फागुन १८, २०८० शुक्रबार

रौतहटको चन्द्रपुरमा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०८० उद्घाटन गरिएको छ ।

 प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए ।



चन्द्रपुरका सबै वडामा खेलकुदका लागि पूर्वाधार निर्माण, प्रतिभा छनौट तथा उपयुक्त अवसरको सिर्जना गरिएको बताउँदै प्रमुख काफ्लेले खेलकुदलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक बिधालय ब्यबस्थापन  समितिका अध्यक्ष यम बहादुर रानाले बताए ।

नगर खेलकुद विकास समितिको आयोजनामा चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमति मा.बिमा सञ्चालित प्रतियोगितामा सात वटा ईभेन्टमा स्वर्ण रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने छन् । 

प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरि ८ वटा विद्यालयका करिब २ सय खेलाडीहरुको सहभागिता रहेको आयोजक बिधालयका प्रधानाध्यापक रबिन्द्र कुमार यादबले जानकारी गराए ।