न्यूज डेस्क | फागुन २२, २०८० मंगलबार

रौटहट जिल्ला क्रिकेट संघको आयोजनामा हुने पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आउदो फागुन २६ गतेबाट गौरमा हुने भएको छ । उक्त पालिका कप क्रिकेट प्रतियोगितामा सहभागी हुने चन्द्रपुर नगरपालिकाका खेलाडीलाई मंगलबार एक कार्यक्रमका बिच खेल सामाग्री वितरण गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिका खेलाडीलाई क्रिकेट खेल सामाग्री वितरण गरेका छन्  । नगर प्रमुख काफ्लेले चन्द्रपुर नगरपालिकाका खेलाडीलाई चनद्रपुर नगरपालिकाको नाम उचो राख्नेगरी खेल्न जितको अग्रिम शुभकामना सहित खेल सामाग्री वितरण गरेका हुन् । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी , शाखा अधिकृत मिश्रीलाल साह लगाएत चन्द्रपुर नगरपालिकाबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीहरुको सहभागिता रहेको थियो । खेलप्रेमी नगरप्रमुखले खेलको दौरान आबश्यक सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराएको भन्दै खेलाडीहरुले नगरप्रमुख काफ्लेको प्रशंसा समेत गरेका छन् । उक्त पालिका कप क्रिकेट प्रतियोगितामा मौलापुर युवा समुह सहित रौतहटका १७ पालिकाले सहभागीता जनाएका छन् ।