न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

रौतहटको चन्द्रपूर नगरपालिकामा वडा नं. ५ मा नबनिर्मित चार्जिङ स्टेसन  संचालनमा आएको छ । मधेश प्रदेश नबप्रर्बतन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा निर्मित उक्त चार्जिङ स्टेसनमा बिधुत ट्रान्सफर्मर जडानको कार्य सम्पन्न भएपछि बुधबारबाट संचालनमा आएको हो ।  २ करोड ७२ लाख ४२ हजार ४६८ रुपैयाँ लागतमा उक्त चार्जिङ स्टेशन संचालनमा आएको हो  । चन्द्रपूर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले  उक्त चार्जिङ स्टेशन निर्माणको लागी गतबर्ष सिलान्यास गरेका थिए ।
राजमार्गको लामो यात्रामा विद्युतीय गाडी लिएर निस्कने चालक र यात्रुले चन्द्रपूर नगरपालिकामा रहेको चार्जर प्रयोग गर्न सक्नेछन् । उक्त चार्जर डिसी फास्ट चार्जर समेत हुन् । 


पहिलो पटक मधेश प्रदेशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन संचालनमा आएको भन्दै चन्द्रपूर नगरपालिकाका मेयर संजय काफ्ले भन्छन, ‘देशको आवश्यकता अनुसार पेट्रोलियम पदार्थको आयात कम गर्न र आफ्नै देशमा उत्पादन भएको विजुली बेच्न यस्ता चार्जिङ स्टेशनले ठूलो सहयोग पुग्छ ।’




चन्द्रपूरमा निर्माण भएको चार्जिङ स्टेशनमा २ वटा ३०र३० किलोवाटको सीसीएस(२ र २ वटा जिबीटी पोर्ट रहेका छन् । यसका अलावा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन चार्ज गर्न अरु ६ वटा गन प्रयोग गरिएको छ । समग्रमा एक पटकमा १० वटा सवारीसाधनले यहाँ चार्जिङ सुविधा पाउने छन् । मधेस प्रदेशकै गौरबको आयोजनाको रुपमा तयार भएको यो चार्जिङ स्टेशनले चन्द्रपूर नगरपालिकामा बिधुतिय सवारीको प्रयोग बढाउन सहयोग पुग्ने विश्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकत किरणनिधि तिवारी बताउछन्  ।



बुधबार संचालनमा आएको उक्त चार्जिङ स्टेशनमा आफ्नो गाडी चार्ज गरिरहेका स्थानिय निवासी दिवाकर सापकोटाले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै भने, ‘यसअघि तत्काल चार्ज गर्नु परेको खण्डमा विकल्प थिएन । हेटौडा र हरिवन मध्ये एक स्थानमा पुग्नु पर्ने बाध्यता थियो । अहिले आफ्नै ठाँउमा चार्जर संचालनमा आएको छ । अब ठुक्कले ईभी चढ्न पाउने भइयो ।’