न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

जनता समाजवादी पार्टी मन्त्रालयको भागबण्डा नमिल्दा सरकारमा नजाने भएका छन् । यसअघि केन्द्रमा दुई मन्त्रालय र मधेश प्रदेश सरकारको नेतृत्वमा पाँचै वर्ष निरन्तरताको सहमति गरेर सरकारमा सहभागी हुन चाहेका यादव अन्तिममा ब्याक भएका छन् ।


यादवले पार्टीभित्र छलफल गरेर सरकारमा जानेबारे निर्णय लिन लागेका थिए । तर, अधिकांश सांसदहरुले अहिले सरकारमा जान हतार गर्न नहुने मत राखेपछि यादव झस्किएका हुन् । यादवले मन्त्रालय भागबण्डामा पनि चित्तबुझ्दो प्रस्ताव नआएकोले आफू ब्याक भएको बताउने गरेका छन् ।



उनले भौतिक पूर्वाधार तया यातायात मन्त्रालय लिएर जान चाहेका थिए । राजकिशोर यादव, प्रदीय यादवलगायतले सरकारमा जानेबारे अध्यक्ष यादवको कदमबारे असहमति राखेको बुझिएको छ ।