प्राइम खबर संबाददाता | चैत १, २०८० बिहिबार

रौतहट स्थित चन्द्रपुर नगरपालिकाले बालबिवाह अन्त्य गर्नको लागी नितीगतरुपमा नै थालनी गरेको छ । मधेशमा बालबिवाहको घटनाहरु बढ्दो क्रममा रहेको हुदा नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।
बालविवाह अन्त गर्न पालिकाका दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो ।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको चन्द्रपुर नगरपालिकाका प्रशासकिय अधिकृत किरणनिधी तिवारीले बताए । कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको नगरपालिकाका नगरप्रमुख संजय काफ्लेको भनाई छ । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको जनाएको छ ।
कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपनेछ ।