न्यूज डेस्क | चैत ९, २०८० शुक्रबार

रौतहटको चन्द्रपुर नगरपालिका कार्यपालिकाको कार्यालयको  आयोजनामा होली विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ  । 

चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले नगर पालिका परिसरमा नगर पालिकाका कर्मचारी, जनप्रतिनिधि एबम् सञ्चारकर्मी संग होली पर्वको शुभकामना आदान प्रदान गरेका हुन् । सो कार्यक्रममा नगर प्रमुख सञ्जय कुमार काफ्लेले होली पर्वले आपसी सत्भव एबम् एकताको संदेश दिएको हुँदा अनेकतामा एकता वर्तमानको आवश्यकता भएको बताएका छन् । होलीको रंग जस्तै रंगीन र सफलताको शुभकामना व्यक्त गर्दै सुखद भविष्यको समेत कामना गरेका छन्। प्राविधिक कारणले निर्धारित समय भन्दा केही ढिला कार्यक्रम भएतापनि शुभकामना आदानप्रदान  कार्यक्रमले जनप्रतिनिधि एबम् कर्मचारी, साथी भाईहरुबीच निकटता बढ्ने कार्य भएको नगर उपप्रमुख जयमाला कुमारी चौधरीले बताइन । कार्यक्रममा उपस्थितहरुले एक आपसमा रङ्ग दलेर खुशी साटासाट गर्दै शुभकामना व्यक्त गरेका थिए ।



कार्यक्रममा नगर प्रमुख काफ्ले सहित उपप्रमुख जयमाला कुमारी चौधरी, वडा अध्यक्षहरु रवि रानामगर, बुद्ध लामा, रवि देवकोटा, जितेन्द्र चौधरी, सहदेव केसी, टंकेश्वर चौधरी, कार्यपालिका सदस्य हिमाकला राना, नगरपालिकाका कर्मचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। 

पहाडी जिल्लामा आउँदो आईतबार र तराईको जिल्लाहरूमा सोमबार होली पर्व विशेष रूपमा मनाइँदै छ। आउँदै गरेको होली पर्वको अवसरमा नगरपालिकाले एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।