न्यूज डेस्क | चैत १२, २०८० सोमबार

आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको हो ।
पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ। तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ । रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा  मिष्ठान भोजन खाएर मनाउने चलन छ ।