न्यूज डेस्क | चैत १४, २०८० बुधबार

रौतहट रास्वपा नेतृत्वमा आएपछि चन्द्रपुर नगर उधोग बाणिज्य संघको भवन निर्माणले तिब्रता पाएको छ । चन्द्रपुर नगर उधोग बाणिज्य संघमा अहिले नेतृत्वमा रास्वपाका नेताहरु नै प्रभाबकारी भुमिकामा रहेका छन् । रास्वपा नगर सभापति उदय नारायण सापकोटाले संघको नेतृत्व गरीरहेका छन् ।

सापकोटा नेतृत्वमा आएसंगै कार्यालयको आफ्नै भबन निर्माणका लागी अहोरात्र लागीपरेका थिए । चन्द्रपुरका स्थानिय ब्यबसायिहरुले समेत संघको आफ्नै भबन बन्ने भएपछि खुसी ब्यक्त गरेका छन  । अहिले सापकोटा अध्यक्ष रहेको संघको महासचिबमा पनि रास्वपाकै नेता जनकराज भारति लगायको टीम सक्रिय रहेको छ । बिगतका नेतृत्वबाट संघको दर्ता नबिकरण समेत नगरीएको अबस्थामा रास्वपाको ईन्ट्रीले जबरजस्त रुपमा गति लिएको चन्द्रपुरका ब्यबसायी नै बताउदै आएका छन् ।



बिभिन्न निकायबाट प्राप्त सहयोग रकमबाट चन्द्रपुर नगरपालिका वडा नं.५ स्थित चन्दनिगाहपुर अस्पताल नजिकै नगर उधोग बाणिज्य संघको भबन निर्माणको कार्य भईरहेको संघका अध्यक्ष उदय नारायण सापकोटाले बताएका छन् । उनी भन्छन् ''मलाई पुरै टिमले सहयोग गरिरहेको छ, ब्यापार ब्यबसायिहरुको हक हितको निम्ति हामी एकताबद्ध रुपमा अघि बढीरहेका छौ । '' 

सापकोटा तिनै हुन् जसले गत बर्ष चन्द्रनिगाहपुर गौर चारलेन सडक निर्माणको काममा गौरबाट सुरुगर्न लागिएको खबर बाहिरिएपछि गौरबाट गरीने शिलान्यासको काम रोक्न तत्कालिन डिभिजन सडक चन्द्रनिगहपुरका प्रमुख दारोगा प्रसादलाई चेताबनि दिदै चर्चामा आएका थिए । हाल सो सडक चन्द्रनिगाहपुरबाट सुरु भई निर्धारित सडक निर्माणको काम आधा भन्दा बढी सम्पन्न भईसकेको छ ।