न्यूज डेस्क | चैत १५, २०८० बिहिबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । सो परीक्षा २७ गतेसम्म चल्ने छ माध्यमिक शिक्षा परिषदले जनाएको छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।
एसईइ परिक्षामा रौतहटबाट ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउने भएका छन । रौतहटबाट ४ हजार ५ सय ८ जना छात्र र ४ हजार ९ सय ६१ जना छात्रा सहित ९ हजार ४ सय ६९ जना बिद्यार्थीले एसईई परिक्षामा सहभागिता जनाउने शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख उपसचिब राम बिनय सिंहले जानकारी दिएका छन । सो परिक्षामा रौतहटमा रहेका १ सय १४ वटा सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरु सहभागि भएका छन भने ३९ वटा परिक्षा केन्द्र तोकिएको प्रमुख सिंहले जानकारी दिए ।

परिक्षामा ३९ जना केन्द्राध्यक्ष,६२ जना सह केन्द्राध्यक्ष,४ सय ७६ जना निरिक्षक,१ सय ८९ जना परिचर र ५ सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए । परिक्षामा दृष्ट्रि बिहिन १ जना,जिल्ला कारागारमा रहेका १ जना, र्इलाका प्रहरी कार्यालय बिजयपुरको हिरासतमा रहेका १ जना परिक्षार्थी समेत रहेको सिंहले जानकारी दिएका छन । यसैगरी प्राबिधिक धार तर्फ २ सय ५० जना र ग्रेड बृद्धिमा २६ जना माबि महमदपुर केन्द्रमा परिक्षार्थी सहभागी हुने उनले बताए  ।