न्यूज डेस्क | चैत १९, २०८० सोमबार

रौतहटको वन क्षेत्रमा घाटगद्दी गरेर राखेको काठ भिषण आगलागीले नष्ट भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लमाहा क्षेत्रमा घाटगद्दी गरेर राखेको काठ दाउरामा सोमबार दिउसो देखी लागेको आगो नियन्त्रण बाहिर भएपछि त्यहाँका अधिकांश दाउरा नष्ट भएका छन्  ।

 गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरा संकलन गरेको राखेको ठाउँमा आगलागी भएको हो । नेपाल बिधुत प्राधिकरणको हाइटेन्सन निमार्णको लागी वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी तथा वन अधिकृत बिमल कुमार ठाकुरले जानकारी दिएका छन । 


आगोले अन्दाजी २५ देखी ३० चट्टा दाउरा नष्ट भएको सुचना अधिकारी ठाकुरले बताए । आगो नियन्त्रण लिनको लागी बिभिन्न स्थानबाट ५ वटा बारुण यन्त्र सो आगलागी क्षेत्रमा ल्याइएको थियो । दिउँसो चलिरहेको हावाको कारण आगो नियन्त्रणमा  समस्या भएको समेत उनले बताए ।
 उक्त स्थानमा  गोठाला वा अन्य कोहीले आगो लगाएको हुन सक्ने स्पष्टै देखिन्छ । काठमा मात्र आगो लाग्नु र त्यहाँ वरपरको जंगलमा आगो नहुनाले पनि यो कुरा सहज अनुमान लगाउन सकिने स्थानीय बताउँछन् ।
 सुक्खायाम सुरु भएसँगै  रौतहटका बन जंगल लगायत विभिन्न स्थानहरुमा  आगलागी भइरहेको घटना दिनहुँ आइरहेको छ ।
केही साता अघिमात्र सो स्थानको काठ गोलाइ आपूर्तिले बिक्री गरेपछि सो स्थानमा बिक्री हुन बाँकी रहेका दाउरा जन्य काठहरु बाँकी रहेका थिए। सोही दाउराको चट्टामा आगजनी भएको बुझिन्छ । गतवर्ष भन्दा यसपाली बन् डढेलो नियन्त्रणमा डिभिजन वन कार्यालय रौतहटले सक्रियता देखाएको छ।