न्यूज डेस्क | बैशाख २०, २०८१ बिहिबार

'हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन  । रौतहटको चन्द्रनिगाहपुर अस्थाई प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षकका पछिल्ला गतिबिधिले त्यही भन्छ । 
प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउदै फाईदा लिने गर्छन । लोकल घरेलु मदिरा ओसार पसार गर्नेदेखि, अबैध कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन । कतिपय अवस्थामा तास जुवा खेल्न दिएर पैसा लिने गरेको समेत तथ्य बाहिरिएको छ ।
सो ईलाकाका सानातिना केही होटेलमा समेत वेश्यावृत्ति हुने गरेको पाईएको छ । त्यस्ता ठाउँमा प्रहरीले नै संरक्षण गरेर समेत पैसा लिने गरेको हुँदा गाउ समाजमा बिकृति मौलाएको स्थानियहरु समेत बताउछन्  । त्यस्ता अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिनेमा पर्छन चन्द्रनिगाहपुर बजारका प्रहरी सहायक निरीक्षक शुरेस सहनी ।  उनको अबैध असुलीबारे केही समय अगाडी बिभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएता पनि तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठको राम्रो साथ पाएका उनको असुली धन्दा रोकिएको छैन । बरु अबैध असुलीलाई झन तिब्रता दिएका दिएका छन् । आफूभन्दा सिनियर अधिकृतको राम्रो ओतपोत पाएको बताउदै आएका उनी अबैध कारोबारीमा संलग्नसँग समेत मिल्ने गरेको आरोप स्थानियको रहेको छ ।
चन्द्रनिगाहपुरको देउराली चोक स्थित रहेको न्यू सबनम होटलमा  संचालन हुदै आएको अनैतिक गतिबिधिलाई छुट दिएबापत सातामा ५ सय लिने गरेको समेत आरोप उनीमाथि लाग्दै आएको छ । पछिल्लो समय उक्त होटलमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले निगरानी बढाएपछि सहनीको आउजाउ रोकिएको समेत बुझिएको छ । यद्धपि त्यसका अलावा उनले  झन्झनि टोलमा तास खेल्न खेलाउन छुट दिएबापत त्यहाबाट मासिक १५ सय, घरेलु मदिरा ओसारपसार गर्ने स्थानिय महिलाहरुबाट १/१ हजारका दरले मासिक, त्यस्तै घरेलु मदिराकै कारोबार गर्ने नारायण, बाजी र किशोर नाम गरेकाबाट मासिक पन्ध्र पन्ध्र सयका दरले हप्ता असुल्ने गरेका समेत समाचार स्रोतले बताएको छ । उनीहरुले चन्द्रनिगाहपुरबाट उत्पादन हुने घरेलु मदिराहरु अटो रिक्सामार्फत मौलापुर र बसमार्फत गौर तर्फ लैजाने गरेका छन् । यसमा पनि उनिहरुबाट असई सहनीले मासिक लाईन खादै आएर छुट दिएका छन् । 
त्यति मात्र नभएर वडा नं. ६ स्थित रहेको दिदी बहिनी किराना पसलमा हुने गरेको अबैध लागुऔधष गाँजाको ब्यापारलाई निर्बाधरुपमा संचालन गर्न दिएर त्यहाबाट मासिक पैसा असुल्नेमा त्यहाका प्रहरी नै पर्दछन्  भन्नेको भिड पनि उत्तिकै छ । उक्त स्थानमा किराना पसलको आडमा दैनिक रुपमा प्रति पोका एकसय र दुइसय रुपैयाका दरले गाजाँको खुद्रा बिक्रि बितरण हुदै आएको छ । 
जन ज्योति बहुमुखि क्याम्पस देखि दक्षिण तर्फ डाबरी जाने बाटाको कलभर्ट नजिकको एक घरमा हुने अनैतिक बेश्याबृत्ती जन्य गतिबिधिका कारण समाज र छरछिमेकमा पनि असहज परिस्थिति भएको भन्दै सो कार्य रोक्न स्थानियले पटक पटक गरेको अनुरोधलाई समेत वेवास्ता गर्दै आएका तिनलाई समेत असई सहनीले हप्ता लिएर छुट दिदै आएका हुन् । 
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहत रहेको अस्थायी प्रहरी पोष्ट तल्लो बजार, रौतहट पोष्टका असई सहनीले सर्वसाधारणलाई अनावश्यक दुःख दिएर पैसा असुल्न थालेको स्थानीयले गुनासो गरे पश्चात यसअघि पनि बिभिन्न संचारमाध्यमहरुमा समाचार समेत प्रकाशन भएका थिए । 
गौरबाट आउने बसलाई मोथियाहि पुल नजिक रोकेर मालसामान चेकजाँचको बहानामा रकम असुलेर दुःख दिएको पीडितहरुले बताएका थिए ।  भारतको सीमावर्ती बजार बैरगनियाबाट घरायसी किराना सामग्री बोकेर बस मार्फत घर आउँदै गरेका चन्द्रपुरका महिलाहरुलाई असई सहनीले दुई हजार र तीन हजारको दरले मोथीयाही पुल नजिक बस रोकेर पैसा असुलेपछि पनि उनलाई तात्कालिन जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले नै थामथुम पारेपछि उनको मनोबल झनै बढेको उनका गतिबिधिले देखाउछन् । 
हाल जिल्लामा नयाँ एसपीको रुपमा दिलिप घिमिरेले कुशलतापूर्बक कार्यभार राम्रोसँग सम्हालिरहेका बेला सहनी जस्ता प्रबृत्तिका प्रहरीका कारण जनताको प्रहरी प्रतिको नजरमा अबिश्वास पैदाको स्थिति रहेको देखिन्छ । केही साताअघि सन्तपुरका असई दिनानाथ प्रसाद यादबले साझा सहकारी संस्थाको काठ हिनामिना गरेको भन्दै स्थानियले प्रहरी चौकी घेराउ गरेपछि जिल्लाले उनलाई तानेको थियो ।
किरानाको सामान ल्याउदा असई सहनीले पैसा असुलेको बारेमा सुनाउदै पिडितहरु (अडियो सहित)